Below Menu
Below Menu

लिवर्टी इनर्जीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

लिवर्टी इनर्जीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायमु चुक्त पुँजीको १ः०.५० को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक २१ गते बुकक्लोज गरिसकेको छ ।

जस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद शेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ्ग शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ्ग शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार