Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.३० अंकले घटेर २७४८.०८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१५ कम्पनीको शेयरमूल्य घटेको छ ।त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विशाल बजार कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ । आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Advertisment

थप समाचार