लक्ष्मी सनराईज क्यापिटलको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

लक्ष्मी सनराईज क्यापिटलको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं : लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । 

सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यसका साथै सभाले आव २०८१/८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरेको छ । 

साथै, सभाले मर्जर पश्चात गत आवको वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् १५ प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

गत आवमा लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई २०८० पौष २३ गतेबाट संयुक्त कारोबार शुरु भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । 
 

थप समाचार