Below Menu
Below Menu

माउन्टेन इनर्जीको लाभांश घोषणा 

माउन्टेन इनर्जीको लाभांश घोषणा 

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र  कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार