काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। बिहिबार नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।
यी दुई कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसपछिको शेयरमूल्य एक हजार ६१ दशमलव ९० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १ हजार १५० रुपैयाँमा भएको थियो ।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य ७३१ दशलमव १९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७९७ रुपैयाँमा भएको थियो। समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।
Advertisment