Below Menu
Below Menu

एफपीओ निष्कासनको पाइपलाइनमा छ कम्पनी, दुई अर्ब ३६ करोडको शेयर आउँदै 

एफपीओ निष्कासनको पाइपलाइनमा छ कम्पनी, दुई अर्ब ३६ करोडको शेयर आउँदै 

काठमाडौं : विभिन्न छ कम्पनीले सर्वसाधारणमा एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेबोनका अनुसार बुटवल पावर कम्पनीसहित पाँच लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न लागेका हुन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।

बुटवल पावर कम्पनी, नेशनल लघुवित्त, विजय लघुवित्त, वीन नेपाल लघुवित्त, स्वरोजगार लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेका हुन् ।

कम्पनीहरुले दुई अर्ब ३६ करोड ७९ लाख ७४ हजार ७९५ रुपैयाँ बराबरको एक करोड ३० लाख ५० हजार ७४८ कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

बोर्डका अनुसार बुटवल पावर कम्पनीले प्रतिकित्ता २०६ दशमलव ३० रुपैयाँमा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको एक करोड कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै नेसनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले ६६ करोड ९९ लाख २७ रुपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सेबोनका अनुसार विजय लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै विन नेपाल लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । संस्थाको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

त्यस्तै किसान लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड ६६ लाख ९६ हजार ५१८ रुपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार