काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासको अनुमति माग्दै हिम पर्वत हाइड्रोपावर र सेन्चुरी इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेन्चुरी इनर्जी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।
सेबोनका अनुसार हिम पर्वतले १०० रुपैयाँ अंकित मूल्य ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आर्इपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, सेन्चुरी इनर्जीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७५ दशलमव ११ रुपैयाँ प्रिमियम थप गरी २७५.११ रुपैयाँमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
Advertisment