काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ४६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा खानीखोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment