काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय पर्सामा हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस १८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment