Below Menu
Below Menu

शेयर बजारमा निरन्तर गिरावट, परिसूचक र कारोबार दुवै घट्यो

शेयर बजारमा निरन्तर गिरावट, परिसूचक र कारोबार दुवै घट्यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब ४६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा इमर्जिङ नेपाल कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार