Below Menu
Below Menu

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार