आइसिएफसि फाइनान्सको लाभांश प्रस्ताव 

आइसिएफसि फाइनान्सको लाभांश प्रस्ताव 

काठमाडौं : आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।


 

थप समाचार