Below Menu
Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा खुम्चियो कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा खुम्चियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १२.८४अंकले घटेर २६७६.१५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार