काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई ८.५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसका साथै सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सेन्चुरी इनर्जीले प्रतिकित्ता २७५ दशलमव ११ रुपैयाँमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
Advertisment