एचआईडिसिएलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

एचआईडिसिएलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले लाभांश घोषणा गरेको छ। 

कम्पनीको मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२५ प्रतिशतका लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २४ गते बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार