काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २११ कम्पनीको शेयरमूल्य बढेको छ । भने २९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनानस कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ । आज खानी खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment