Below Menu
Below Menu

नेप्सेमा थपियो तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बढी बोनस शेयर 

काठमाडौं  : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३३ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले अरुण भ्याली हाइड्रोपावर, स्वावलम्वन लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार स्वावलम्वन लघुवित्तको १४.२५ प्रतिशत बोनसपछिको २० लाख ६६ हजार २५० कित्ता र गुराँस लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनसपछिको एक लाख ४४ हजार ४९५ कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ३ प्रतिशत बोनसपछिको ११ लाख २० हजार ७७८ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

Advertisment

थप समाचार