Below Menu
Below Menu

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएक छन् । इन्स्योरेन्सको मंसिर २६ गते बसेको संचालक समितिको ४५ औं बैठकले गौतकमलाई आगामी चार वर्षका लागी सिईओमा नियुक्त गरेको हो ।

विगत तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्झालेका नवनियुक्त गौतमले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पुरा गरको छन् ।

उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कमा विश्वास गर्छन् । उनको सिईओमा नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने जनाईको छ ।

Advertisment

थप समाचार