Below Menu
Below Menu

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? 

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? 


काठमाडौं : राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते, बिहीबार साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने ५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

उक्त सभा दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार