काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment