काठमाडौं : साप्सु कालिका हाइड्रोपावर र दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । कम्पनीहरुले आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका छन् ।
साप्सु कालिका हाइड्रोपावरले पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । उत्तः सभा कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
त्यस्तै दाउन्ने एग्रो फार्म लिमिटेडले पुस १८ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा होटल स्टार चितवन रत्ननगरमा दिउँसो २ः३० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
Advertisment