काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेकोे छ । आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment