काठमाडौं : नेपाल बीमा प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी मदन दाहाललाई दिईएको छ।
अर्थ मन्त्रालयका सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षका रुपमा कामकाज गर्ने भएका छन्।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका भएका दाहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकेका हुन।
नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवाललाई झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा गत मंसिर २४ गते सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
Advertisment