Below Menu
Below Menu

सहकारी बैंकको कावा अध्यक्षमा महेन्द्र गिरि, ६ सञ्चालक हटाउन राष्ट्र बैंकको निर्देशन

सहकारी बैंकको कावा अध्यक्षमा महेन्द्र गिरि, ६ सञ्चालक हटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको अध्यक्षको जिम्मेवारी महेन्द्र कुमार गिरिले पाएका छन्।  बिहीवार बसेको सञ्चालक समिति बैठकले गिरीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैंकको विनियममा कार्यवाहक सम्बन्धी व्यवस्था नभएपनि राष्ट्रबैंकको ठाडो निर्देशनमा कार्यवाहक अध्यक्ष तोकिएको हो ।  बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सहकारी ठगीको आरोपमा करिब एक वर्ष अघि गिरफ्तार भएपछि बैंक अध्यक्ष विहीन थियो ।उप्रेतिको अनुपस्थितिमा बैंकका संचालकहरु आलोपालोमा बैठकको अध्यक्षता गर्दै आएका थिए ।  

त्यसैगरि राष्ट्र बैंकले बैंकबाट कर्जा लिएका संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालकलाई हटाउन समेत निर्देशन दिएको छ।

निर्देशन अनुसार अध्यक्ष केबी उप्रेतीसहित सञ्चालकहरु मनोजकुमार थापा, रामबहादुर जिसी, रामहरी बजगाई, केदार मानन्धर र शिवा थापालाई पदबाट हटाउन निर्देशन दिएको हो।

Advertisment

थप समाचार