काठमाडौं : रघुगंगा हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । गत मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २२ गते साधारणसभा बोलाएको हो ।
उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल रत्नपार्कमा बिहान ११ बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने र लेखापरिक्षणसहितको गत आवको वासलातको नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने छ ।
यसका साथै सभाले कम्पनीको पुँजी वृद्धि गर्ने र सर्वसाधारणमा साधारण शेयर जारी गर्ने स्वीकृति गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment