Below Menu
Below Menu

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  

काठमाडौं : नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २५ गते, १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार