काठमाडौं : ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित पुस २१ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालयअनामनगर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनी सचिवको नियुक्त, जारी पूँजी वृद्धि र कम्पनीको उद्देश्य थप गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ ।
Advertisment