काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र मादमे खोला हाइड्रोपावर लिमिटेड सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन्ु । आईपीओ जारी गर्ने प्रस्तावसहित यी दुई कम्पननीले वार्षिक साधारणसभा बोलाएका छन् ।
याम्बालिङ्ग हाइड्रोपावरको साधारणसभा पुस २३ गते बिहान १० बजे होटल हार्दिक बागबजारमा हुनेछ भने मादमे खोला हाइड्रोपावरले पनि सोही दिन उक्त होटलमा दिउँसो २ बजे साधारणसभा गर्ने भएको छ ।
सभाले सर्वसाधारणमा सार्वजनिक शेयर निष्कासन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव परित गर्नेछ ।
Advertisment