काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रम्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज जानकी कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment