Below Menu
Below Menu

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ? 

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार