Below Menu
Below Menu

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार