Below Menu
Below Menu

लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीले बोलायो साधारणसभा 

लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीले बोलायो साधारणसभा 

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले  पुस २८ गते, आइतबार एघारौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र सोपश्चात कायम चुक्ता पूँजीको हकप्रद शेयर पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार