काठमाडौं : विभिन्न तीन कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएका छन् । ठूलो खोला हाइड्रोपावर, लष्ट होराइजन जंगल रिसोर्ट र नागीडाँडा ग्रीनहिल्स लिमिटेड कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।
ठूलो खोला हाइड्रोपावर कम्पनीको साधारणसभा पुस २३ गते, मंगलबार कालिमाटी ब्यैंङकेट कालिमाटी काठमाडौँमा बिहान ९ बजे हुनेछ ।
त्यस्तै लष्ट होराइजन जंगल रिसोर्ट र नागीडाँडा ग्रीनहिल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २२ गते एकैदिन साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय स्वयम्भु काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
उक्त सभाले आईपीओ निष्कासन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने ।
यसका साथै सभाले आईपीओ निष्कासनका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment