काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले बैंकको कर्जा भुक्तानी गर्न हकप्रद शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुुक्ता पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

Advertisment