Below Menu
Below Menu

टिकेन शेयर बजारको सुधार, परिसूचक र कारोबार दुवै घट्यो 

टिकेन शेयर बजारको सुधार, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २.९५ अंकले बढेर २६३८.८७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २७ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज कुथली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार