Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने 

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । इन्स्योरेन्सले पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो । 

कम्पनीलेआर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने मुख्य उद्देश्यहरू अनुसार उक्त छुट ल्याएको हो । 

त्यस्तै इन्स्योरेन्सले आफ्ना ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिने उद्देश्य अनुरुप छुट योजना ल्याएको हो । 

त्यसैगरी कम्पनीले ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । इन्स्योरेन्सले अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।
 

Advertisment

थप समाचार