Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते, शुक्रबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार