काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत थप चार कम्पनीहरुले लाभांश वितरण नगर्ने घोषणा गरेका छन्। बिहिबार कर्पोरेट डेभलपमेन्ट बैंक, गणपति लघुवित्त, विजय लघुवित्त वित्तीय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन्।
पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र गणपति लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
त्यस्तै पुस ४ गते बसेको विजय लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले पनि यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीहरुले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेका छन्।
Advertisment