Below Menu
Below Menu

लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले पुस २८ गते, आइतबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । 

उक्त सभा थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगै मर्जर अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वासाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार