Below Menu
Below Menu

लाभांश र आईपीओ निकाष्सनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 

लाभांश र आईपीओ निकाष्सनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड ए आर एन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले लाभांश वितरण प्रस्तावसहित पुस २६ गते साधारणसभा बोलाएका छन् । कम्पनीले लाभांश वितरण प्रस्तावजसहित साधारणसभा बोलाएको हो । 

उक्त सभा झम्सिखेल ललितपुरमा दिउँसो ३ः३० बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वित्तीय विबवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट ४.८८ प्रतिशत बोनस शेयर र साको कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

त्यसैगरी सभाले संस्थाको पुँजी वृद्धि गर्न थप लगानीकर्ता भित्र्याउनका साथै अन्य संस्थासँग मर्जर तथा एक्विजिशन गर्न र प्रारम्भिक सार्वजनिक शेयर निष्कासन गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

ए आर एन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने करसहित ३१ लाख ९९ हजार ३३१ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । 

शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित  पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने, आर्थिक वर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार