Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ७६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब २७ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार