काठमाडौं : विभिन्न २२ कम्पनीले एकैदिन साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर र हकप्रद शेयर निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड पुस २६ गते, शुक्रबार २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा वेष्टर्न एसियन होटल प्रालि, बुटवल रुपन्देहीमा बिहान ९:३० बजेबाट सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यसका साथै सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
त्यसैगरी, सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार १० गतेसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २६ गते शुक्रबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका आचलपुर स्थित होटल सिद्धार्थ भिलासमा बिहान ११ः३० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतितश बोनस शेयर सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले पुस २८ गते आइतबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा मानसरोबार पाटी प्यालेस पुरानो बानेश्वरमा दिउँसो १२ः३० बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
पिपुल्स हाइड्रोपावर लिमिटेडले पुस २८ गते आइतबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा क्वालिटी बैंक्वेट बुद्धनगरमा बिहा ११ः३० बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले हाल कायम चुक्ता पुँजीको २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभाका भाग लिन पाउनेछन् ।
अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा युनियन हाउस पार्टी प्यालेस, अनामनगर, काठामाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
ज्योति क्यापिटलले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभाले ज्योति विकास बैंकको केन्द्रीय कार्यालयको सभाहल कमलपोखरीमा बिहान ९ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै सभाले हाल कायम चुक्ता पुँजीको ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तव पारित गर्नेछ ।
कर्जा सूचना केन्द्र लिमिटेडले पुस २८ गते साधारणसभा बोलाएको छ । उक्त सभा होटल अलफ्ट छायाँदेवी कम्लेक्स ठमेलमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तव पारित गर्नेछ ।
अपर बलेफी हाइड्रोपावर कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
गोल्यान पावर लिमिटेडले पुस २७ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ः३० बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
मिजु इनर्जी लिमिटेडले पुस २७ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
मैलुङ खोला जलविद्युत कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ । उक्त सभा कुन्डिलिनी दरबार बैंक्वेट चण्डोल महाराजगञ्जमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
उत्तरगंगा लिमिटेड पावर लिमिटेडले पुस २५ गते साधारणसभा बोलाएको छ । उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल दरबार मार्गमा दिउँसो ३ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
आर वि वि सेक्युरिटीज कम्पनी लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा दिउँसो १ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा सिद्धार्थ कटेज ललितपुर बिहान १०ः३० बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले युनियन हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित होङग् खोला जलविद्युत आयोजना (२८.९ मेगावाट) र माथिल्लो तमोर ए जलविद्युत आयोजना (६० मेगावाट) को परियोजना हस्तानतरण र व्यवस्थापन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
श्री डिष्टिलरी लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा एभोकाडो क्याफे बालुवाटार काठमाडौंम दिउँसो २ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
एन आई एम बि स्टक मार्केट्स लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा साकेत कम्प्लेक्स त्रिपुरेश्वरमा बिहान ९ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
ब्लु इनर्जी लिमिटेडले पुस २८ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
युनियन मेवा हाइड्रो लिमिटेडले पुस २८ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरको गुंसिगालमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
इलेक्ट्रिक एनर्जी कन्जम्पसन कम्पनी लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा होटल हार्दिक बागबजजार काठमाडौंमा दिउँसो ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारणसभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय थापाथलीमा दिउँसो १ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment