Below Menu
Below Menu

आईपीओ निष्कासनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 

आईपीओ निष्कासनको प्रस्तावसहित तीन कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : विभिन्न तीन कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका छन् । सोपान मल्टीपल कम्पनी, क्लासिक भ्यु रिसोर्ट लिमिटेड र तारा खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् । 

सोपान मल्टीपल कम्पनीले लिमिटेडले पुस २७ गते १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणको लागि छुट्याएको साधारण शेयरको प्रचलित कानुन बमोजिम सम्बन्धित कानुन तथा कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम कम्पनी योग्य भएमा नेपाल धितोपत्र बोर्डको स्स्वीकृति लिई प्रिमियम मूल्यमा र योग्य नभएमा अंकित मूल्यमा नै सर्वसाधारणमा शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २२ गतेदेखि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग सक्नेछन् । 

क्लासिक भ्यु रिसोर्ट लिमिटेडले पुस २६ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रु क्लासिक भ्यु रिसोर्ट परिसर बुढानिलकण्ठमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले सर्वसाधारणमा शेयर निष्कासन गर्ने र आईपीओ निष्कासनका लागि प्रवन्धपत्र तथा नियमावली संशोधन सम्बन्न्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

तारा खोला जलविद्युत लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त तारा खोला जलविद्युत लिमिटेडको कार्यालय नजिक श्री जनएकता बहुउद्देश्यीय सहकारी संस्थाको हलमा ११ः३० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको जारी पुँजी मध्येबाट कायम रहने संस्थापक शेयर थप बिक्री गर्ने र प्रारम्भिक सार्वजनिक निष्कासनको निमित्त नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने प्रस्ताव पारित गर्नेछ । 
 

Advertisment

थप समाचार