Below Menu
Below Menu

सूर्यदर्शन सहकारी ठगी: जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, डेढ अर्ब बिगो

सूर्यदर्शन सहकारी ठगी: जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, डेढ अर्ब बिगो

काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

ठगी प्रकरणमा संलग्न रहेका जिवी राईसहित १९ जनालाई शुक्रबार कास्की जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । 

कार्यालयले उनीहरु विरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरेको छ । यसअघिको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ माग दाबी गरिएको थियो । अहिले पुरक निवेदनमा ४० करोड थपिएको हो ।

कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता गरिएको बताएको हो । प्रहरी हिरासतमा रहेका रवि लामिछने, छविसहित जीवीका साझेदार नेचर हब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जनाइएको छ ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायतका मानिसहरु पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ फरार छन् ।
 

Advertisment

थप समाचार