Below Menu
Below Menu

नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस ८ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको १८ औँ वार्षिक साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार