Below Menu

लिवर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

लिवर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मसिंर १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरको थियो । 

Sponsored Advertisement

लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिने सक्नेछन् । कम्पनीले हाल कायमु चुक्ता पुँजीको १ः०.५० को अनुपातमा हकप्रद जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक २१ गते बुकक्लोज गरिसकेको छ ।

जस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ्ग शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ्ग शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

थप समाचार