Below Menu
Below Menu

एकैदिन २८ कम्पनीको साधारणसभा आह्वान: लाभांश, आईपीओ र हकप्रद मुख्य एजेन्डा

एकैदिन २८ कम्पनीको साधारणसभा आह्वान: लाभांश, आईपीओ र हकप्रद मुख्य एजेन्डा

काठमाडौं : विभिन्न २८ कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न एकैदिन साधारणसभा आह्वान गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नं साधारणसभा बोलाएका हुन् । 

घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पुस २७ गते साधारण सभा बोलाएको छ । उक्त सभा दाङ, घोराही उप.न.पा–१५ मा होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ ।  

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १० बराबर ७.५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर  प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, चालुु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते २३ औँ वार्षिक साधारण बोलाएको छ । उक्त सभा होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर, पोखरा, बुद्धचोकमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता भाग लिन  र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त सभा लिजारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साधारणसभा सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बसन्तपुर  काठामाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

सभाले कम्पनीको अधिकृत तथा जारी पुँजीहरु थप गर्ने र सो अनुसार प्रबन्धपत्र संशोधन गरी नेपाल सकरार, कम्पनी रजिष्टर्डको कार्यालयमा अभिलेख गर्ने प्रस्ताव पारित गर्नेछ ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा हिमशिखर पार्टी भेन्यु चापागाउँ ललितपुरमा बिहान ८ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

बलेफी हाइड्रोपावर लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त होटल क्रिष्टल पशुपति गौशाला काठामाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा अम्रपाली ब्याङक्वेट बालुवाटारमा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०र८१ को नाफाबाट शेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव कम्पनीले गरेको हो ।

लाभांश पारित गर्न पुस २८ गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०÷८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

आइ सि एफ सि फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा बौद्ध हेरिटेज पिपलबोट काठमाडौंमा बिहान १० बजे हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको करसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको ३ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा भाग लिन र फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस २८ गते आइतबार १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा ललितपुर स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस २० गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फइनान्स कम्पनीले पुस २८ गते आइतबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा गुहेश्वरी भवन पुल्चोक ललितपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसा पुस १८ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।

मोदी इनर्जी लिमिटेडले पुस २८ गते आइतबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लिसरा रिसेप्सन्स नक्सालमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पुस २८ गते आइतबार १५ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा धुम्रबराह भेन्यु धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य आयोजनाको सम्बन्धमा अध्ययन गरी लगानी गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते सोमबार, ३० औँ वार्षिक साधारण सभा बोलाएको छ  उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा भाग लिन र  फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

सेती खोला हाइड्रोपावर लिमिटेडले पुस २८ गते आइतबार वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय कान्तिपथमा  बिहा ११ः३० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा मेरियट होटल नक्सालमा बिहान ११ः४५ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

हिम रिभर पावर लिमिटेडले पुस २९ गते सोमबार वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय सिनामंगलमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुवा खोला वान हाइड्रोपावर लिमिटेडले पुस २८ गते आइतबार साताैँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा युनियन हाउस प्रालि गौशालामा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २८ गते आइतबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको सभाहल काठमाडौंमा बेलुका ३ः३० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाइलाइफ एग्रो एण्ड फुड्ड इन्डष्ट्रिज लिमिटेडले पुस २८ गते आइतबार ९ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल लेमन ट्री प्रिमियर बुढानिलकण्ठमा दिउँसो ४ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले पुस २७ गते आइतबार वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रोयल वैक्वेट तिनकुनेमा बिहान १० बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने, आयोजना कार्यान्वयनका लागि आवश्यक ऋण सुविधा उपभोग गर्ने र हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

ग्रीन भेन्चर्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते आईतबारमा छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौं बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

बोनस वितरण पछि  पूँजी वृद्धि हुने र सो समबन्धि व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ गते आईतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते आइतबार, २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

मिथिला लघुवित्त वित्तीय संस्था लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते आइतबार, १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कोमल होटल प्रालिको सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ९ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते आइतबार, २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालित वडा नं. २१, लिपनिविर्ता, पर्सामा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्यासन कुलर नामक ब्राण्ड लगायतका आरटिडि ब्राण्डहरु उत्पादनका लागि विजय डिष्टिलरी प्रालिसँग ट्रेडमार्क लाइसेनिङ्ग सम्झौता गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

Advertisment

थप समाचार