Below Menu
Below Menu

रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 

रोकिएन नेप्सेको गिरावट, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार चार अर्ब ७६ करोड दुुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रिभर फल्स पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावर र सर्पोट माइक्रोफाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार