Below Menu
Below Menu

वैदेशिक व्यापारमा सुधार: निर्यात १६ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे पाँच खर्ब 

वैदेशिक व्यापारमा सुधार: निर्यात १६ प्रतिशतले बढ्यो, व्यापार घाटा साढे पाँच खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधमा आयात ३ प्रतिशत र निर्यात १६.५४ प्रतिशतले बढेको छ । पाँच महिनामा नेपालले साढे ५ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा १.५२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

मंसिरसम्म नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

मुलुकले मंसिर मसान्तसम्म १४९ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १२० देशसँगको व्यापार घाटामा रहेको छ भने २९ देशसँगको व्यापार नाफामा रहेको छ । 

नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

भारतबाट नेपालले यस अवधिमा ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने ५२ अर्ब एक करोड तीन लाख रुपैया बरारबरको सामान निर्यात गरेको छ ।

निर्यात १६ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको । मंसिर मसान्तसम्म सवा साढे ६ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे ७३ अर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

Advertisment

थप समाचार