काठमाडौं : सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस ९ गते बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागितामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। उक्त सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
Advertisment